मुसलमान धर्मगुरु अल–अवदालाई मृत्युदण्ड दिन सुझाब
साउदी अरबका सरकारी कानूनी अधिकारीले साउदी अरबमा सन् २०१७ मा पक्राउ गरिएका मुसलमान धर्मगुरु शेख सलमान अल–अवदाविरुद्धलाई मृत्युदण्ड दिनुपर्ने सुझाब दिएका छन्।
१९ भदाैमा मुद्दामा सुनुवाई गर्दै उनलाई मृत्युदण्ड दिनुपर्ने बताएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
अवदाविरुद्ध विभिन्न ३७ आरोप दर्ता गरिएको सरकार पक्षधर ओकाज पत्रिकालगायतका सरकार निकट अन्य सञ्चारमाध्यमले बिस्तृत विवरण नदिइकनै जानकारी गराएका छन्।
अवदा लगायतका २० जनालाई सन् २०१७ को सेप्टेम्बरमा कट्टरपन्थी अनुदारवादी राज्यमा फैलिएको विद्रोहमा दोषी भएको आरोपमा पक्राउ गरिएको थियो।
मध्यपूर्वी मानव अधिकार अनुगमनबारे अनुसन्धान गरिरहेका आदम कुगलले ट्वीटमार्फत् भनेको छ, साउदी अरबका सरकारी अभियोजकहरूले ख्यातिप्राप्त मुसलमान धर्मगुरु सलमान अल–अवदालाई मृत्युदण्ड दिन खोजेको भन्ने सूचनाहरू बाहिरिएका छन्। यसबारे बिस्तृत विवरणहरू भने आइसकेका छैनन् ।
उनले भने, “यस किसिमका मुद्दामा मृत्युदण्ड दिने भनेको विरोधी आवाज नियन्त्रणको दयनीय अवस्था हो।”
अल–अवदा जेलमा बिरामी बनेपछि पश्चिमी शहर जेदाहका उपचाररत छन्। उनलाई जेलमा पाँचमहिनासम्म एकान्तमा राखेको पारिवारिक स्रोतलाई उद्धृत गरी एम्नेस्टी इन्टरनेशनलले जनाएको छ।
उनलाई परिवार लगायतका कसैसँग भेट्ने नदिइएको मानव अधिकारवादी संघसंस्थाहरूले जनाएका छन्।
एम्नेष्टी इन्टरनेशनलका अनुसार साउदी अरब र कतारबीच सम्भावित पुनःमिलनको सूचनालाई स्वागत गरी ट्वीट गरेको केही घण्टामा अवदालाई पक्राउ गरिएको थियो।
साउदी अरब लगायतका अन्य खाडी मुलुकले अतिवादी इस्लामिक समूहलाई सघाएको आरोपमा कतारसँगको कुटनीतिक तथा आर्थिक सम्बन्ध तोडेका थिए। – एएफपी