१२ लाख ८० हजार भारुसहित पक्राउ
१२ लाख ८० हजार अवैध भारुसहित झापाको कांकडभिट्टा भन्सार क्षेत्रबाट सोमबार एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ परेका बज्राचार्य (वीचमा) र भारतीय रुपैया ।
भारतको पश्चिम बंगाल तर्फबाट भारु लिएर आउंदै गरेका ललितपुर महानगर ७ का रबिन्द्र बज्राचार्य (३२) लाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। भारतबाट आउने यात्रीको व्याग चेकजा“च गर्ने क्रममा बज्राचार्यको साथबाट १२ लाख ८० हजार भारु बरामद भएको हो।
पक्राउ परेका बज्राचार्यले काठमाडौमै भारुको कारोबार गर्ने गरेको स्वीकारेका छन्। सशस्त्र प्रहरीको भन्सार गुल्मका डीएसपी राजेश घिमिरेले नोटसहित बज्राचार्यलाई आजै काठमाडौंस्थित राजश्व अनुसन्धान विभाग पठाइएको बताए।
– कमल रिमाल