एशिया कप छनोटः नेपाललाई युएइले दियो २५५ रनको लक्ष्य
एशिया कप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएइ) बाट २५५ रनको लक्ष्य पाएको छ ।
टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको युएइले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २५४ रन बनायो ।
युएईका लागि चिराग सुरीले सर्वाधिक ६५ तथा अद्नान मुफ्तीले ५७, अस्फाक अहमदले ४५ र रमिज सहजादले ३५ रन बनाए ।
नेपालका तर्फबाट सन्दीप लामिछानेले शानदार बलिङ गर्दै १० ओभरमा २ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिए । त्यसैगरी बसन्त रेग्मीले १० ओभरमा ४९ रन दिएर २ विकेट हात पारे ।
सोमपाल कामीको नाममा २ विकेट रह्यो । उनले १० ओभरमा ५८ रन दिए । तर, करन केसी महंगो बलर सावित हुँदै विकेटरहित रहँदा कप्तान पारस खड्काले पनि बलिङमा राम्रो प्रदर्शन गर्न सकेनन् ।