१८ औं एशियाडः नेपाललाई ६७ वर्षमा दोस्रो रजत
एशियाली खेलकूद (एशियाड) मा प्याराग्लाइडिङमा नेपालले रजत पदक जित्न सफल भएको छ । एशियाडमा पहिलो पटक समावेश गरिएको यस खेलमा नेपालले दोस्रो स्थान हासिल गरेको हो ।
इण्डोनेसियामा जारी १८ आैं संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत पदक हात पारेको हो ।
यो एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत पदक जितेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ट्वीटमार्फत् प्याराग्लाइडिङ खेलाडीलाई बधाई दिएका छन्।