११ जनाको हत्या आरोपमा श्रीलङ्काको उच्च सैन्य अधिकारीलाई पक्राउ आदेश
श्रीलङ्काको एउटा अदालतले यहाँका एक उच्च सैन्य अधिकारीलाई अपहरण र हत्याको मुद्दामा दोषी ठहर गर्दै पक्राउ गर्न आदेश दिएको छ।
सन् २००८ देखि २००९ को बीचमा श्रीलङ्काको गृहयुद्धको उत्तरार्धतिर प्रमुख सैन्य अधिकारी रविन्द्र विजेगनारत्नेले ११ जनालाई अपहरण गरी हत्या गरेको आरोप लागेको थियो।
अदालतले सोही अभियोगमा मुद्दा चलाइएकोमा विजेगनारत्नेलाई पक्राउ गर्न आदेश दिएका हो।
श्रीलङ्कामा शसस्त्र विद्रोह गरिरहेका टामिल टाइगरका विरुद्धमा श्रीलङ्काको सेनाले सन् २००८ पछि अन्तिम युद्धको घोषणा गरी सशक्त कारबाही गरेको थियो।
त्यसैक्रममा सन् २००९ मा अपहरित व्यक्तिहरु मारिएको आशङ्का गरिएको छ। कोलम्बोस्थित एक अदालतका न्यायाधीश लङ्का जयरत्नेले सैन्य उच्च अधिकारीलाई पक्राउ आदेश दिएका हुन् ।
- एएफपी