होण्डा हर्नेटको नयाँ मोडल
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले ‘सीबी हर्नेट १६० आर’ सार्वजनिक गरेको छ ।
नयाँ मोडलको हर्नेटमा स्पोर्टी बनोट र आकर्षक ग्राफिक्स रहेको कम्पनीले दावी गरेको छ ।
यसमा फुल एलईडी हेड ल्याम्प र हाजार्ड लाइट स्विच जस्ता विशेषता छन् । त्यस्तै, हर्नेटमा सिल चेन, ट्यूबलेस टायर, मोनो सक र डबल डिस्कजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ ।
ग्रे र ग्रिन, ओरेन्ज र ग्रे, ब्लू, रेड, एलो गरी पाँच रंगमा उपलब्ध हर्नेटको मूल्य रु. दुई लाख ९९ हजार ९०० तोकिएको छ ।