पूर्णचन्द्र थापालाई प्रधानसेनापति बनाउने निर्णय
सरकारले पूर्णचन्द्र थापालाई नेपाली सेनाको प्रधानसेनापति बनाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिले प्रधानसेनापति नियुक्त गर्ने व्यवस्था छ ।
२४ साउनदेखि प्रधानसेनापति राजेन्द्र क्षेत्री विदामा बसेपछि थापाले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
पढ्नुहोस् ।