विराटनगरमा सुरक्षागार्डको हत्या
विराटनगर–२ धरानरोडको विक्की हार्डवेयरमा काम गर्ने सुरक्षागार्डको हत्या भएको छ ।
गएराति न्यू विक्की हाड्वेयरमा सुरक्षाको लागि बसेका टंक भट्टराई (५०) को हत्या भएको हो ।
भट्टराईको टाउको र पेटमा गहिरो चोट लागेको छ । २ भदौमा काममा गएका भट्टराईको आज बिहानसम्म घर नफर्किएपछि परिवारले खोजी गरेको थियो ।
बिहान १० बजे पसल खोल्दा भट्टराई मृत भेटिएको हार्डवेयर सञ्चालक नीरव अग्रवालले जानकारी दिए ।
कमल रिमाल, विराटनगर