एम्बुलेन्स नदिएको भन्दै स्थानीयद्वारा माथिल्लो तामाकोसीको काममा अवरोध
स्थानीयको अवरोधको कारण शनिवार बेलुकादेखि माथिल्लो तामाकोसी ओयोजनाको हेडबक्सको काम अवरुद्ध भएको छ ।
आयोजना निर्माण कम्पनी सिनो हाईड्रोसँग रहेको एम्बुलेन्स स्थानीयलाई उपयोग गर्न नदिएको विरोधमा स्थानीयले आयोजनाको हेडबक्सको काममा अवरोध गरेका हुन् । यद्यपि निर्माण कम्पनीले उक्त एम्बुलेन्स बिग्रेकाले आफूले अरु गाडी लैजान भनेको जनाएको छ ।
आँखामा चोट लागेका एक स्थानीयलाई स्वास्थ्य संस्थामा लान सिनो हाईड्रोसँग रहेको एम्बुलेन्स मागेको तर कम्पनीले आफ्नो एम्बुलेन्स बिग्रिएकोले अन्य सवारी साधन दिने भनेपछि स्थानीयले काममा अवरोध गरेको जानकारी आएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताए ।
एम्बुलेन्स नदिएको विरोधमा स्थानीयले आयोजनाको हेडबक्स जानेबाटोमा अवरोध गरेको र अहिले वडा अध्यक्ष हिरण्य गुरुङ र सिनो हाईड्रोका प्रतिनिधि स्थानीयसँग वार्ता गर्न गएको आयोजना प्रवक्ता डा न्यौपानेले बताए ।
सर्मिला बुढाथोकी