झापामा कर बढाएको विरोधमा प्रदर्शन
स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा झापाको मेचीनगरमा स्थानीयले प्रदर्शन गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिएर नगरपालिका र विभिन्न वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
उनीहरुले अवैज्ञानिकरूपमा नगरवासीको ढाड सेक्ने गरी नगरपालिकाले गरेको कर वृद्धि तत्काल फिर्ता गरी वैज्ञानिकरूपमा कर निर्धारण गर्न माग गरेका छन् ।
प्रदर्शनमा उत्रिएका स्थानीयले आफूहरू कर र विकासविरोधी नभएको तर जनताको सामाथ्र्यभन्दा बाहिर गएर जबर्जस्ती ढङ्गले कर वृद्धि गर्ने नगरपालिकाको निर्णय मान्य नहुने बताएका छन् । रासस