नुवाकोटमा बस दुर्घटना, ४० जना घाइते
नुवाकोटको बुङताङबाट काठमाडौं जाँदै गरेको बस विदुर नगरपालिका–९ लामाटारमा दुर्घटना हुँदा ४० यात्रु घाइते भएका छन् ।
आज बिहान बा २ ख २८०४ नम्बरको ट्रकलाई ठाउँ छोड्ने क्रममा सडक भाँसिएर बस दुर्घटना भएको हो ।
नुवाकोटका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका सात जनालाई उपचारको लागि काठमाडौं पठाइएको छ ।
अन्यको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । रासस