प्रतिनिधिसभा अन्तर्गतका समिति सभापतिको निर्वाचन ५ भदौमा
प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिको निर्वाचन ५ भदौमा हुने भएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले निर्वाचनको बारेमा जानकारी गराएका हुन् ।
प्रतिनिधि सभामा १० वटा विषयगत समिति छन् ।
समितिहरुको निर्वाचन नभएकोले हाल बैठकको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यहरुले गर्दै आएका छन् ।
संसद् सचिवालयले आजै निर्वाचन कार्यतालिका प्रकाशन गर्ने जनाइएको छ ।