बन्द भएको भारतीय दूतावासको सम्पर्क कार्यालयबाट झण्डा अझै हटेन
१० वर्षअघि विराटनगरमा स्थापना भएको भारतीय दूतावासको सम्पर्क कार्यालय १६ साउनदेखि बन्द भएको छ । तर, कार्यालयमा रहेको भारतको राष्ट्रिय झण्डा भने अझै हटेको छैन ।
विपत् व्यवस्थापन र सवारी आवागमनको सहजताका लागि खुलेको कार्यालयले पछिल्लो समय सामाजिक, शैक्षिक लगायतका क्षेत्रमा समेत विभिन्न गतिविधि गर्दै आएको थियो ।
कार्यालयले दूतावास सरह विभिन्न क्षेत्रमा सक्रियता देखाउन थालेपछि त्यसको चर्को विरोध भएको थियो । चौतर्फी विरोधपछि नेपाल सरकारले कार्यालय बन्द गराउने निर्णय गरेको थियो ।
कार्यालय बन्द भएपनि सरसमान सार्न बाँकी रहेकाले झण्डा नहटाएको जनाइएको छ । कार्यालयकाअनुसार, करीब दुई हप्ताभित्र समानको प्याकिङ र बिल बिजकको काम सकिनेछ ।
२ भदौ २०६५ मा कोशी नदीमा आएको बाढीले तटबन्ध भत्काएपछि नेपाललाई सहयोग गर्ने उद्देश्यले सोही वर्ष ८ मंसिरमा दूतावासले सम्पर्क कार्यालय खालेको थियो ।
बाढीले राजमार्गसमेत अवरुद्ध भएकोले पूर्व–पश्चिम चल्ने सवारी साधन जोगवनी नाकाहुँदै भारत बिहार पुगेर नेपाल फर्कन्थे । त्यतिबेला कार्यालयले सवारी साधनलाई इजाजत दिने काम गथ्र्यो ।
कमल रिमाल, विराटनगर