कला/साहित्यबुधवार, श्रावण २३, २०७५

प्रीति जिन्टा ‘भैय्याजी सुपरहिट’ बाट बलिउडमा फर्किँदै

हिमालखबर

फिल्म क्षेत्रबाट लामो समय हराएकी बलिउड अभिनेत्री प्रीति जिन्टा ‘भैय्याजी सुपरहिट’ फिल्मबाट पुनरागमन गर्ने तयारीमा छन्। उनले इन्स्टाग्राममा फिल्मको आफ्नो फस्ट लुक सार्वजनिक गरेकी छन्। फिल्ममा उनी सपना दुबेको भूमिकामा देखिनेछिन्।

४३ वर्षीया प्रीतिले आफ्नो लुक सेयर गर्दै लेखेकी छन्, 'सानदार फिर्ती! सपना दुबेसँग भैय्याजी सुपरहिटमा भेट्नुस्, १९ अक्टोबरमा तपाईंको नजिकैको सिनेमाघरमा।'

फस्ट लुकको तस्बिरमा साडीमा देखिएकी प्रीतिले पेस्तोल समाएकी छन्। फिल्ममा प्रीतिका साथै सनी देओल, अरशद वारसी, श्रेयस तलपडे, अमिशा पटेल र मुकुल देव पनि मुख्य भूमिकामा देखिनेछन्।   

चार साताअघि सनीले पनि फिल्मको फस्ट लुक सार्वजनिक गरेका थिए, जसमा फिल्मका सम्पूर्ण कलाकार देखिएका थिए।

फिल्मको निर्देशन नीरज पाठकले गरेका छन् । – एजेन्सी

प्रतिकृया दिनुहोस