हेटौंडाको सिनेमा हलमा आगलागी
हेटौंडाको सबै भन्दा ठूलो ओमेक्स हलमा आज २३ साउन विहान आगलागी भएको छ।
हेटौंडा ४ हुप्राचौरमा रहेको हलमा १०ः१५ बजे शुरु भएको आगलागी मध्याह्न १२ बजिसक्दा पनि नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले बताए ।
विद्युत् लाइन मर्मत गर्ने क्रममा आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । हलमा लागेको आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएका छन् ।
हेटौंडामा रहेको एउटा मात्र दमकलल अागो निभाउन अपुग भएपछि बाराबाट नेपाल आयल निगम र हेटौंडा उपमहानगरपालिकाको दमकल बोलाइएको छ । त्यस्तै चितवन र वीरगञ्जबाट समेत दमकल मगाइएको छ ।
बिहान आठ बजेपछिको शो नभएकाे र आगो लाग्ने बित्तिकै हलमा कार्यरत कर्मचारीहरू भाग्न सकेकाले मानवीय क्षति भने हुन पाएन ।
- हरि हुमागाइँ, हेटौडा