समाचारबुधवार, श्रावण २३, २०७५

कलाकार मनुजबाबु मिश्रको निधन

हिमालखबर

चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गए राति निधन भएको छ । 

आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे मिश्रको हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवासबाट बाहिर निस्केका थिएनन् । 

उनको आत्मकथा ‘हर्मिताजः अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’का प्रिन्सिपल डा मञ्जु मिश्रका पिता हुन । 

कान्छो छोरा विदेशबाट आएपछि सम्भवतः २४ साउनमा मिश्रको अन्त्येष्टि गरिने छ । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् । 

प्रतिकृया दिनुहोस