शेयरमा सामान्य गिरावट
शेयर बजारको आज २० साउनमा भएको कारोबारमा सामान्य गिरावट आएको छ।
नेपाल स्टक एक्सचेञ्जकाअनुसार, आजको शेयर कारोबारमा १.४३ विन्दुले घटेर ११८९.८८ विन्दुमा पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.१८ विन्दुले घटेर २५०.९७ विन्दुले घटेको छ।
कूल १६० कम्पनीका पाँच लाख ९७ हजार ५९७ कित्ता शेयर रु १६ करोड ७० लाख ४९ हजार ६८४ मूल्यमा खरिद बिक्री भएको छ । स्टककाअनुसार आज पाँच उपसमूहको शेयर बढ्दा चार उपसमूहको शेयर भने घटेको छ । बैंकिङ ३.५१, जलविद्युत् ५.६५, वित्त ०.९७, निर्जीवन बीमा ३०.९२ र उत्पादन २०.०६ बिन्दुले घटेको छ।
यस्तै होटल ४.२४, विकास बैंक ११.१७, अन्य ६.४९, माइक्रोफाइनान्स ०.२१ र बीमा ३.६४ विन्दुले बढेको छ । आज सिटी एक्सप्रेस फाइनान्स कम्पनी र आरएमडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने आइएमइ जनरल इस्योरेन्स कम्पनी र प्रोग्रसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले गुमाएका छन्।
– रासस