खेलकुदशुक्रवार, श्रावण १८, २०७५

नेपाली खेलाडीको प्रशिक्षणमा जापानले तीन करोड सहयोग गर्ने

हिमालखबर

Agreement

जापानमा सन् २०२० मा हुने ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई जापानको फुकुसिमाको तामुरा सिटीले सहयोग गर्ने भएको छ ।

आज, १८ साउनमा नेपाल ओलम्पिक कमिटीसँग फुकुसिमाको तामुरा सिटीले सम्झौता गरेको हो।

नेपालका लागि जापानी राजदूत मासामिची साइगोको उपस्थितिमा तामुरा सिटीका तर्फबाट उपप्रमुख कावागौसी नाओयुकी र नेपाल ओलम्पिक कमिटीका तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गरे।

सन् २०२० टोकियो ओलम्पिकमा नेपालबाट सहभागी हुने खेलाडीको प्री गेम्स ट्रेनिङ क्याम्पमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ। तीनवर्षे सम्झौतामा नेपालका खेलाडीलाई प्रशिक्षणमा सो शहरले वार्षिक रु एक करोड सहयोग गर्नेछ।
– रासस

प्रतिकृया दिनुहोस