सिलिकन भ्याली क्लासिक टुर्नामेन्ट, सेरेना पहिलो चरणमै बाहिरिइन
२३ पटक ग्रान्डस्लाम उपाधि जितिसकेकी पूर्व नम्वर १ अमेरिकी लन टेनिस खेलाडी सेरेना विलियम्सले अमेरिकाको सान जोसेमा भइरहेको सिलिकन भ्याली क्लासिक टुर्नामेन्टको पहिलो राउन्डमै हार व्यहोरेकी छिन् । उनी बेलायतकी नम्वर १ जोहाना कोन्टासँग ६–१ र ६–० ले पराजित भएकी हुन् ।
खेल हेर्न रङ्गशालामा उपस्थित ठूलो संख्याका दर्शक ५२ मिनेटमै खेल सकिएपछि निराश देखिन्थे ।
एएफपी