थप समाचारमंगलवार, श्रावण १५, २०७५

सुत्केरीको सालनालबाट बायोग्यास

कल्पना भट्टराई

काठमाडौंको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सुत्केरीको सालनालबाट बायोग्यास निकालेको छ ।

बायोग्यासबाट खाना पकाउँदै ।

तीन महिना अघिबाट अस्पतालले बायोग्यास उत्पादन शुरु गरेको हो ।

सालनालबाट हुने फोहर कम गर्न बायोग्यास निकाल्न थालेको अस्पतालका निर्देशक डा.जगेश्वर गौतमले जानकारी दिए ।

बायोग्यास प्लान्ट निर्माणका लागि ३५ लाख खर्च भएको अस्पतालले जनाएको छ ।

यसरी निकालिएको बायोग्यास आवासिय डाक्टरलाई खाना बनाउन तथा अस्पतालका लागि आवश्यक पानी तताउनका लागि प्रयोग गरिंदै आएको छ ।
निर्देशक गौतमका अनुसार यसअघि सालनाललाई गाड्ने गरिएको थियो ।

दैनिक ८० देखि ९० जना सुत्केरीबाट ३० देखि ३५ किलो सालनाल निष्कासन हुने गरेको छ ।

यसअघि सालनाल डिस्पोज गर्दा मासिक तीन लाखसम्म खर्च हुने गरेको थियो ।

प्रतिकृया दिनुहोस