मिस नेपाल खतिवडा गोर्खा इको प्यानलको ब्राण्ड एम्ब्यास्डर
‘मिस नेपाल वल्र्ड–२०१८’ श्रृंखला खतिवडा गोर्खा इको प्यानलको ब्राण्ड एम्ब्यास्डर नियुक्त भएकी छन् ।
पेशाले आर्किटेक्ट श्रृंखलाले इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिंग क्याम्पसबाट स्नातक गरेकी छन् ।
अस्थायी संरचनाको निर्माणमा बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने गोर्खा इको प्यानलको प्रयोगबाट निर्माण छिटो गर्न सकिने कम्पनीले जनाएको छ ।
निर्माणको लागि भरपर्दो र भकम्प प्रतिरोधी भएकोले आफू गोर्खा इको प्यानलको ब्राण्ड एम्ब्यास्डर बनेको श्रृंखलाले बताइन् ।
खतिवडाले आर्किटेक्टहरुले भवन डिजाइन गर्दा गोर्खा इको प्यानलजस्ता भूकम्पप्रतिरोधात्मक र वातावरणमैत्री निर्माण सामग्री प्रयोग गर्न जोड दिएकी छन् ।