२८ साउनमा नेशनल एजुकेशन अवार्ड हुँदै
२८ साउनमा १४औं ‘वाईवाई नेशनल एजुकेशन अवार्ड’ हुने भएको छ ।
माध्यमिक तथा उच्च शिक्षा प्रदान गर्ने शिक्षालय, शिक्षा सेवामा कार्यरत कर्मचारी, शिक्षालाई नीतिगत तथा विभिन्न पक्षबाट योगदान दिने व्यक्ति, संघसंस्था तथा शिक्षापत्रकारहरुलाई अवार्ड प्रदान गरिनेछ ।
अवार्डमा स्कुल अफ दि इयर, बेष्ट टिचर अवार्ड, गुडविल एचिभमेन्ट अवार्ड, क्रिएटिभ कलेज अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड लगायत १३ विधा रहेका छन् । यो वर्ष १३ विधामा १५ जनालाई अवार्ड दिइने जनाइएको छ ।
वाईवाईका तर्फबाट सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई २५ हजार नगद सहितको ज्ञान उदय छात्रवृत्ति पनि प्रदान गरिनेछ ।
त्यस्तै, काठमाडौं पोष्टका विनोद घिमिरे र आजको शिक्षा साप्ताहिकका रोशन गाउँलेलाई नगद रु. १० हजार सहित शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने छ ।
अवार्ड वितरण कार्यक्रम रसियन कल्चर सेन्टर कमलपोखरी, काठमाडौंमा हुनेछ ।