तनहुँमा सडक दुर्घटना, एकको मृत्यु
तनहुँमा माइक्रोेबस र ट्रक एक आपसमा ठोक्किंदा एक जनाको ज्यान गएको छ भने १५ यात्रु घाइते भएका छन् ।
पोखराबाट काठमाडौं जाँदै गरेको बा २ ख ११३८ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ११२४ नम्बरको ट्रक पृथ्वीराजमार्गको व्यास नगरपालिका वडा–१२ छिर्कनेमा ठोक्किंदो दुर्घटना भएको हो ।
दुर्घटनामा परी भोजपुर बोक्सिङ नगरपालिकाकी १९ वर्षीया सविना राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको पोखरास्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ भने १२ जनाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । रासस