एनआईसी एशियाका दुई शाखा रहित सेवा
एनआईसी एशिया ब्यांक लिमिटेडले तनहुँको साँखे बजार र ब्यास नगरपालिकाको कालेस्तीमा दुई शाखारहित ब्यांकिङ सेवाको शुरुआत गरेको छ ।
ग्रामीण क्षेत्रमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित ब्यांकिङ सेवा शुरु गरेको ब्यांकले जनाएको छ । यी दुईसँगै एनआईसी एशियाका शाखारहित ब्यांकिङ सेवा १५ पुगेका छन् ।
शाखारहित सेवाबाट ग्राहकले निक्षेप खाता खोल्न, रकम जम्मा गर्न वा झिक्ने, महसुल भुक्तानी गर्न, कर्जा कारोबार तथा संक्षिप्त ब्यांक स्टेटमेन्ट लगायतको सेवा लिन सक्नेछन् । एनआईसी एशिया ब्यांकले २२६ शाखा कार्यालयमार्फत देशभर सेवा दिइरहेको छ ।