लोकमानका सरकारी सुविधा रोक्न सर्वोच्चमा निवेदन
निलम्बनमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई उपलब्ध सरकारी सुविधा पनि निलम्बन गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा निवेदन दायर गरिएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले ५ कात्तिकमा सर्वोच्च अदालतमा निवेदन दायर गरेका हुन । उनले नै अख्तियार प्रमुखमा कार्कीलाई गरिएको नियुक्तिविरूद्धको मुद्दा पुनरावोलकन गर्नुपर्ने माग गरि निवेदन दिएका थिए ।
व्यवस्थिापिका-संसदको एक चौथाइ सदस्यले महाभियोग प्रस्ताव दर्ता गरेपछि कार्कीलाई प्रमुख आयुक्तको हैसियतले कार्यसम्पादन गर्न रोक लगाएको भएपनि सरकारी सुविधा उपभायेग गरिरहेकाले निवेदन दिएको अधिवक्ता अर्यालले बताए । यस अघि कार्कीको नियुक्त विरुद्ध दिएको पुनरावेदन निवेदनकै अंशका रुपमा यो निवेदन रहेको बताएका छन् ।
निवेदनक अर्यालले सरकारी सुविधा पाइरहे कार्कीले आफू विरुद्धका प्रमाण नष्ट गर्ने जिकिर गरेका छन् । उनलाई आयोगको प्रमुख आयुक्त पदको अधिकार वा हैसियत प्रयोग गर्न नपाउने गरी निलम्बन गर्न, सो पदको जिम्मेवारी वहन गर्न नपाउने, निजले पाई रहेको सेवा, सुविधा, सुरक्षाकर्मी, सरकारी आवास लगायत कुनै पनि सुविधा प्रयोग गर्न नपाउने गरी तत्काल अन्तरकालिन आदेश जारी गर्न अर्यालले माग गरेका छन् ।