सिभिल बैंक र बुमबीच सम्झौता
सिभिल बैंक लिमिटेडले रेमिटेन्स प्रवाहलाई सरल र विस्तार गर्ने उद्देश्यले बुम रेमिट्यान्स प्रा.लि.संग सम्झौता गरेको छ ।
सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन र बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट खाडी मुलूकमा कार्यरत नेपालीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए ।
यसअघि बैंकले वेस्टर्न युनियन, आइएमई, प्रभु रेमिट, संसारा रेमिट, रिलाएबल रेमिट, हिमाल रेमिट, एसडिबिएल ट्रस्ट रेमिट, ईजीलिङ्क रेमिटेन्स, सुलभ रेमिट, एसबिएल रेमिट, आईपे रिलाएबल रेमिटेन्स र बेस्ट रेमिटसंग सम्झौता गरी रेमिटेन्स सेवा दिंदै आएको छ । यस बाहेक बैंकको आफ्नै रेमिटेन्स सेवा सिभिल बैंक रेमिट पनि रहेको छ ।