भ्रष्टाचारमा जेल परेका पाकिस्तानी पूर्व प्रमलाई स्वास्थ्य जाँचमा रोक
इस्लामाबाद– पाकिस्तानी जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफले उच्च रक्तचापको कारण स्वास्थ्य उपचारका लागि दिएको निवेदन अस्विकार भएको छ।
उनले पारिवारिक चिकित्सकसँग जाँच गराउन निवेदन दिएका थिए। तर, सरकारले यसलाई अस्विकार गरेको शरिफको पार्टी मुस्लिम लिग, नवाज (पिएमएल–एन) ले सोमबार जानकारी दियो।
पाकिस्तानमा आगामी बुधबार आमनिर्वाचन हुन लागेको छ। निर्वाचनअघि आइतबार पाकिस्तानमा बम बिस्फोट हुँदा विपक्षी पार्टीका एक उम्मेदवारको निधन भएको थियो।
यसै महिनाको शुरुमा पाकिस्तान फर्किएका शरिफलाई लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको थियो।
शरिफलाई भ्रष्टाचार मुद्धामा अदालतले १० वर्ष जेल सजाय तोकेको थियो। पाकिस्तानमा नुलाई २५ अर्थात् बुधबार देखि संसद्को निर्वाचन हुन लागेको छ। निर्वाचनअघि सेनाको भूमिकालाई लिएर विभिन्न प्रश्न उठाइएको छ।
सरिफलाई १० वर्ष जेल र एक करोड अमेरिकी डलर जरिवाना तोकिएका थियो।
फैसला हुँदा उनी श्रीमतीको उपचारका लागि बेलायतको लण्डनमा थिए। उनको श्रीमती क्यान्सर रोगबाट पीडित छिन्।
रासस–एएफपी