भारतबाट उद्धार गरिएका चार बालकका अभिभावक खोज्दै प्रहरी
विभिन्न समयमा भारतबाट उद्धार गरिएका चार जना बालकहरुलाई उद्दार गरी नेपाल ल्याइएको छ ।
तर आफ्नो ठेगाना समेत बताउन नसक्ने बालकहरुलाई परिवारको जिम्मा लगाउन नसकिएको रुपन्देही प्रहरीले जनाएको छ ।
विजय तामाङ, राजेश कुमार, सन्तोष तथा सुदीपकुमार नाम भएका ती बालकहरुलाई भारतीय प्रहरीले उद्दार गरी भारतको उत्तरप्रदेशस्थित देवरलियाको बाल सुधारगृहमा राखिएको थियो ।
ती बालकहरुलाई ६ असारमा प्रवासी नेपाली मित्र मञ्च, भारतले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मा लगाएको हो ।
प्रहरीले ती बालकहरुको तस्वीर सार्वजनिक गर्दै पहिचानका लागि आफन्तलाई अनुरोध गरेको छ ।
कसैले पहिचान गरेर जिम्मा नलिएर बालगृहमा पठाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताएका छन् ।