मलेसिया जाने कामदारकाे स्वास्थ्य परीक्षणमा भएको सिन्डिकेट खारेज
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा भएको सिन्डिकेट खारेज भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २ जेठको निर्णयअनुसार अब मन्त्रालयमा सूचीकृत भएका सबै स्वास्थ्य संस्थाबाट कामदारहरुले स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन् ।
यसअघि मुलुकभर जम्मा ३९ वटा स्वास्थ्य संस्थाले सिन्डिकेट कायम गरी बायोमेट्रिक प्रणालीका नाममा प्रति कामदार चार हजार ५०० रकम असुल गर्दै आइरहेका थिए ।
मलेसियन सरकारले भिसा शुल्क वापत् रु ७०० रुपैयाँ मात्र तोकेको भएपनि यस्ता संस्थाले स्वास्थ्य परीक्षण, पासपोर्ट संकलन, भिसा प्रोसेसिङ लगायतका नाममा कामदारबाट १९ हजार ३२३ रुपैयाँ उठाउँदै आएका थिए ।
मन्त्रालयले सिन्डिकेट कायम गरी ठगी गरिरहेका यस्ता संस्थालाई कारबाहीको प्रक्रिया शुरु भएको पनि जनाएको छ ।
त्यस्तै, २ जेठभन्दा अघि भिसा लागिसकेका ४५३ कामदारलाई अन्तिम श्रम स्वीकति दिएर मलेसिया जान दिइने पनि निर्णय भएको छ ।
सम्बन्धित रिपोर्ट: