देउवाले गरे विदेश भ्रमण स्थगित
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा विकसित पछिल्लो राजनीतिक परिस्थितिका कारण सात दिने विदेश भ्रमण स्थगित गरेका छन् ।
देउवाको आज अपराह्न सिंगापुर प्रस्थान गर्ने कार्यक्रम थियो । मुलुकको यस्तो पस्थितिमा देशमै रहेर काम गर्नुपर्ने आवश्यकता भएकोले देउवाले सिंगापुर र जापानको सात दिने निर्धारित कार्यक्रम स्थगित गरेको नेपाली कांग्रेसले जनाएको छ ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा नागरिक समाज, डा. केसी अलायन्स लगायतले आन्दोलन गरिरहेका छन् ।
देउवाले डा. केसीसँग सरकारले वार्ता गरेर उनको माग पुरा गर्नुपर्ने पनि बताएका छन् ।