एक वर्ष निलम्बन खेपेका डेभिड वार्नर मैदानमा !
डर्विन (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेटबाट १२ महिना निलम्बनमा परेका अस्ट्रेलियाली पूर्व उप–कप्तान डेभिड वार्नर प्रथम श्रेणी क्रिकेटमा फर्किएका छन्। ‘बल ट्याम्परिङ’ मुद्धामा उनलाई एक वर्ष निलम्बन गरिएको थियो।
उनी मेरारा क्रिकेट मैदानमा सिडी साइलोन्स क्लबबाट खेल्न मैदानमा उत्रिएका थिए। ५० ओभरको खेल डार्विन लिग अन्तर्गत नर्दन टाइड क्लबविरूद्ध खेलिएको थियो।
गत मार्चमा दक्षिण अफ्रिकाविरूद्ध केपटाउनमा भएको तेस्रो टेस्टमा तीन अस्ट्रेलियाली खेलाडी ‘बल ट्याम्परिङ’ मुद्धामा दोषी ठहर भएका थिए। यो मुद्धामा अस्ट्रेलियाली कप्तान स्टिभ स्मिथ पनि समावेश थिए। क्रिकेट अस्ट्रेलियाले स्मिथ र वार्नरलाई १२ महिना तथा क्यामरुन बेनकाफ्टलाई नौ महिना अन्तर्राष्ट्रिय खेलबाट प्रतिबन्ध लगाएको थियो।
यिनीहरूलाई बोर्डको आधिकारीक प्रथम श्रेणी क्रिकेट खेल्न पनि प्रतिबन्ध लगाइएको थियो। तर, उनीहरूलाई स्थानीय स्तरमा हुने लिग खेल्न भने प्रतिबन्ध लगाइएको छैन। वार्नर र स्मिथले केही समय अगाडि क्यानडामा भएको टि–२० प्रतियोगितामा पनि स्वतन्त्र रूपले भाग लिएका थिए।