लोकमानसिंह विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता, उनी निलम्बनमा पर्ने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १५७ सांसदको हस्ताक्षरित सहित ३ कात्तिकमा प्रस्ताव दर्ता भएको उर्जा मन्त्री जनार्दन शर्माले बताए ।
महाअभियोग प्रस्तावमा माओवादी केन्द्रका ४५ र बाँकी एमाले साँसदहरूले हस्ताक्षर गरेको पनि शर्माले हिमालखबरलाई जानकारी दिए ।
एमाले साँसद राजन भट्टराईले पनि प्रस्ताव दर्ता भएकाले पुष्टि गरेका छन् ।
महाअभियोग प्रस्ताव दर्ता भएपछि पद स्वतः निलम्बित हुने संविधानको धारा १०१ मा उल्लेख छ ।