लोकमान काठमाडौंमा
सर्वोच्च अदालतले प्रमाण सहित अदालतमा उपस्थित हुन आदेश दिए लगत्तै विदेशीएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की काठमाडौं फर्केका छन् । कार्की ३ कार्तिक साँझ करिब ८ बजे अबुधावीबाट इत्तिहाद एअरको ईवाई २९२ विमानबाट आएका हुन।
सर्वोच्च अदालतले पटक पटकको प्रयत्नपछि १ कात्तिमा कार्कीको घरमा म्याद सूचना टाँसेको थियो । उनको नियुक्ति सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ३१ भदौ २०७३ मा निस्सा प्रदान गर्ने आदेश दिएको थियो । त्यस लगत्तै उनी ३ असोजमा चार दिने कार्यक्रममा सहभागी हुन भन्दै क्यानडा गएका थिए।