गोविन्द केसीको समर्थनमा हजारौं सडकमा
चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा वृहत् प्रदर्शन भइरहेको छ ।
सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा भएको प्रदर्शनमा विभिन्न राजनीतिक दलका शीर्ष नेतासहित अधिकारकर्मीहरुको सहभागीता छ ।
प्रदर्शनमा पूर्व प्रधानन्यायधीश सुशीला कार्की, अधिकारकर्मी कृष्ण पहाडी, त्रिविका पूर्वउपकुलपति डा केदारभक्त माथेमा, अभिनेत्री मनिषा कोइराला, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख रवीन्द्र मिश्र, साहित्यकार खगेन्द्र संग्रौला, राजनीतिक विश्लेषक श्याम श्रेष्ठलगायत सहभागी छन् ।
प्रदर्शनमा उत्रिएकाहरूले ‘डाक्टर केसीको जीवन रक्षा गर, माफियाको ताँती ओली सरकारका साथी, यो सरकार कस्तो छ श्री ३ जस्तो छ, मेडिकल माफियाहरू होसियार’ जस्ता नारा लगाइरहेका छन् ।
डा. गोविन्द केसी २२ दिनदेखि आमरण अनशनमा छन् ।