प्रकाशमान सिंह भन्छन्– कांग्रेसले सडक र सदनबाट जनताको कुरा राख्छ
नेपाली कंंग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सडकदेखि सदनसम्म जनताका कुरा सशक्त रुपमा राख्ने बताएका छन्।
नेपाल प्रेस युनियन कैलालीले शुक्रबार धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिहंले आफूहरू अब सशक्त रुपमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन्।
दुई तिहाइ बहुमतको आधारमा बनेको सरकारले जनतालाई केन्द्रविन्दुमा राखेर सुविधा र राहत दिने काम नगरेको आरोप उनले लगाए। भने, ‘यो सरकारले हिजो मात्रै डा. गोविन्द केसीलाई अस्पतालमा लाठी चार्ज र फाइरिङ गरी जबर्जस्ती उठाएर काठमाडौँ ल्याएको छ। नेपाली कांग्रेस डा. केसीको जीवन रक्षा गर्नुपर्छ भनेर सडकदेखि सदनसम्म आवाज उठाइरहेको छ।’
सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै पूर्वमहामन्त्री सिंहले कांग्रेसले आगामी दिन गर्ने आन्दोलनका सबै कार्यक्रम शान्तिपूर्ण हुने उल्लेख गरे।