अमेरिका फर्किन लागेकी राजदूत टिप्लिजले दाहाललाई भेटिन्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिजले शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छिन्।
आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेकी अमेरिकी राजदूत टेप्लिजले अध्यक्ष दाहालसँग बिदाइ भेट गरेकी हुन्।
भेटका क्रममा अध्यक्ष दाहालले भने, ‘तपाईंको कार्यकाल सफल भएको छ। नेपालको विकास र प्रगतिमा तपाईंले खेलेको भूमिका सकारात्मक रह्यो।’
दाहालले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायित्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
उनले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको सहयोग र समर्थन रहने विश्वास पनि व्यक्त गरे।
नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमूना रहेको समेत अध्यक्ष दाहालको भनाइ थियो।
राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रियालगायतका ठूला ठूला चुनौतीमा नेतृत्वदायी भूमिका खेलेकोमा अध्यक्ष दाहालको प्रशंसा गरिन। उनले नेपाल सुन्दर भएको बताउँदै राजनीतिक स्थिरतापछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको उल्लेख गरिन।
रासस