विदेशी जोडीको थारु संस्कृति अनुसार विहे
थारु संस्कृति अनुसार दुई जोडी विदेशी नागरिकले बिहे गरेका छन् । २ कात्तिक राती बर्दियाको बबई नगरपालिका–३ पेरहनी गाउँमा दुई जोडी विदेशी नागरिकको थारु संस्कृति अनुसार विहे भएको हो ।
यहाँको दुर्गा जनज्योती प्राथमिक विद्यालयको भवन निर्माणका लागि सहयोगमा गरिरहेका मेक्सीकोका फरनाण्डो (नेपाली नाम फुलराज) र सिम्थीया (सीता) तथा बहराईनका हुसेन (अजय) र एसिल (आशा)को थारु संस्कृति अनुसार विहे गरिएको छ । करिब पाँच सय मिटरको दुरीमा समतोली गाउँको थारु समुदायको घरमा बसेका दुबै बेहुलालाई चण्डोलमा राखेर जन्ति गएको थियो । जन्तिलाई दुबै बेहुली बसेको मनिराम थारुको घरमा स्वागत गरिएको थियो ।
बेहुलाका भाइ बनेका स्थानिय थारु समुदायका युवाहरुले बेहुलालाई विवाह मण्डपमा पु¥याएका थिए भने बेहुलाहरुले पनि दुबै बेहुलीलाई बोकेर घरभित्रबाट आगनमा ल्याएका थिए । अग्नी साक्षी राखेर घुम्ने, सिन्दुर हाल्नेलगायतका सबै विधि पु¥याएर विहे गरिएको गाउँका अगुवा भोजलाल थारुले बताए ।
“सुरुमा गाह्रो लागेको थियो, पछि रमाइलो लाग्यो” बेहुला फर्नाण्डोले भने “हाम्रो देशमा यति रमाइलो हुने थिएन । खुसी लागेको छ ।” विहेमा स्थानीय बासिन्दाको उपस्थित रहेको थियो । दुलाहादुलही र विद्यालय भवन निर्माणका लागि आएका अन्य विदेशी नागरिक पनि राती १० बजेसम्म नाचगानमा रमाएका थिए ।
बिल्डन संस्थाबाट २२ लाख सहयोगमा विद्यालय भवन निर्माण गर्न चार दिनदेखि अमेरिका, मेक्सीको, बहराईनका १२ जना विदेशी नागरिक यहाँ बस्दै आएका छन् । उनीहरुले २ कात्तिकदेखि भवन निर्माणको काम पनि सुरु गरेका छन् ।
भावुक योगी/बर्दिया (तस्विरहरु पनि)