आइपिएल क्रिकेटका सट्टेबाज नागराज जेल चलान
महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ।
महाशाखाले भारतमा चलेको आइपिएल क्रिकेटमा सट्टेबाजी रकम राख्दा तीन महिनामा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनेर रकम ठगि गर्ने नागराजलाई विहिबार जेल चलान गरेको हो।
महाशाखाको टोलीले नागराजले दुई करोड ४० लाख ठगि गरेको भन्ने पीडितको निवेदनका आधारमा असार ९ मा पक्राउ गरेको थियो।
महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले ठगि मुद्दामा जिल्ला अदालत काठमाडौँको आदेशअनुसार पूर्पक्षका लागि जेल चलान गरिएको जानकारी दिए।
रासस