डा. केसी शिक्षण अस्पताल महाराजगञ्जमा
विगत २० दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई जुम्लाबाट नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । डा. केसीलाई टुँडिखेलमा ओरालेर सोझं त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो।
सरकारी वार्ता टोलीका सदस्य रहेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले डा. केसीको चाहनाअनुसार शिक्षण अस्पताल महाराजगञ्ज लगिएको बताए।
उनलाई अहिले शिक्षण अस्पतालस्थित गणेशमान सिंह मेमोरियल भवनमा राखिएको छ।
उनलाई जुम्लाबाट काठमाडौं ल्याउन विहिबार बिहान सरकारी अधिकारीसहित सेनाको हेलिकोप्टर गएको थियो।
अनसनरत डा. केसीलाई जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ल्याउने क्रममा डा. केसी पक्षका चिकित्सक र स्थानीयसँग प्रहरीको झड्प भएको थियो। काठमाडौं आएपछि केसीले कसैसँग कुरा गर्न चाहेनन्।