विश्वकपको उत्कृष्ट गोलमा मेसी र रोनाल्डोको मनोनयन
ज्युरिच एजेन्सी)– विश्वकपको उत्कृष्ट गोलको मनोनयनमा विश्वका दुई स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी पर्न सफल भएका छन्। यद्यपि दुवै स्टार खेलाडी सम्मिलित टिम विश्वकपबाट चाँडै बाहिरिएका थिए।तर, उनीहरूको गोलले भने सवैलाई आकर्षित गर्न सफल भएको छ।
फिफाले आफ्नो वेभसाइटमार्फत फुटबल समर्थकहरूलाई विश्वकपको उत्कृष्ट गोल छान्ने अवसर प्रदान गरेको थियो। जसमा यी दुई स्टारको गोललाई धेरैले मत प्रदान गरेका छन्। यी बाहेक फ्रान्सका बेन्जामिन पाभार्ड र स्पेनका नाचो फर्नान्डेजको गोललाई पनि धेरैले रुचाएका छन्।
मेसीले समूह चरणको खेलमा नाइजेरियाविरूद्ध उत्कृष्ट गोल गरेका थिए। इभर बानेगाले मिडफिल्डबाट उपलब्ध गराएको लामो पासलाई मेसीले डिबक्सभित्र आफ्नो जाघले नियन्त्रणमा लिँदै गोल गरेका थिए। यस्तै, क्रिस्टियानो रोनाल्डोले स्पेनविरूद्ध फ्रिकिकमार्फत गरेको गोललाई पनि धेरैले रुचाएका छन्। उनले समूह चरणको पहिलो खेलमै ह्याट्रिक गर्दा फ्रिकिकमार्फत त्यो गोल गरेका थिए।
उत्कृष्ट गोल गर्ने सूचीमा परेका खेलाडीहरू
नाचो फर्नान्डेज (विरूद्ध पोर्चुगल), क्रिस्टियानो रोनाल्डो (विरुद्ध स्पेन), लुका मोड्रिच (विरुद्ध अर्जेन्टिना), टोनी क्रुस (विरुद्ध स्विडेन), लिओनल मेसी (विरुद्ध नाइजेरिया), हुँवा क्विन्टेरो (विरुद्ध जापान), नासेर चाड्ली (विरुद्ध जापान), डेनिस चेरिसेभ (विरुद्ध साउदी अरब र क्रोएसिया), एन्जल डि मारिया (विरुद्ध फ्रान्स), बेन्जामिन पाभार्ड (विरुद्ध अर्जेन्टिना), आर्टेम जुबा (विरुद्ध इजिप्ट), अदनान जानुजाज (विरुद्ध इङ्ल्यान्ड), जेसी लिङ्गार्ड (विरुद्ध पानामा), ड्रिस मार्टिन्स (विरुद्ध पानामा, अहमद मुसा (विरुद्ध आइसल्यान्ड) र रिकार्डो क्युरेसमा (विरुद्ध इरान)