नेपाल र चीनबीच भएका सम्झौता ऐतिहासिक: ओली
नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले ओली सरकारको नौ महिना सरकारको नेतृत्व गर्दा नेपाल र चीनबीच द्विपक्षीय दीर्घकालीन हितका विषयमा भएका महत्वपूर्ण सम्झौताको कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री ओली निवास बालकोटमा भएको भेटवार्ताका क्रममा उनले नेपाल र चीनबीच ‘कनेक्टिभिटी’, नेपालका विकासमा चिनियांँ लगानी र सहयोगलाई द्विपक्षीय समझदारीमा अघि बढाइएको र त्यसका सकारात्मक परिणाम आइरहेको समेत बताए ।
नेता ओलीले आफ्नो कार्यकालमा नेपाल र चीनबीच पारवहन तथा यातायात लगायत ऐतिहासिक सम्झौता भएकामा सन्तोष लागेको र तिनले नेपालको विकासलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
ओलीले नेपालको विकासमा चीन र भारतलाई उत्तिकै महत्वका साथ सहभागी हुन आग्रह गरिएको र सन्तुलनका आधारमा वैदेशिक सम्बन्ध अघि बढाइएको उल्लेख गरे ।
रासस