म्याद तामेलीमा बाधा पुर्याउनेलाई १५ दिन कैद सजाय किन नगर्ने ?: सर्वोच्च अदालत
योग्यता विवादमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद सूचना टाँस्न अवरोध पुर्याएका तामेलदार, वडा सचिव र खरिदारविरुद्ध सर्वोच्च अदालतले कारवाही प्रक्रिया अघि बढाएको छ ।
सर्वोच्च अदालतको काममा अवरोध सिर्जना गरेका तामेलदार शम्भुबहादुर खत्री, काठमाडौँ महानगरपालिका वडा नं १० का सचिव अधिकृत सरिता राई र खरिदार अभिषेक अर्याललाई अदालतले कारवाही गर्न लागेको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनीहरूलाई किन कारबाही नगर्ने ? भन्ने प्रश्नको जवाफ माग गरेको छ ।
लोकमानको पक्षमा लागेका तीनै जनालाई मुलुकी ऐन, अदालती बन्दोबस्त १११ नम्बरबमोजिम रु. एक हजार जरिवाना र १५ दिन कैद हुन सक्दछ । खतिवडाको इजलासले उनीहरुलाई आफैँ उपस्थित भएर अदालतमा लिखित जवाफ बुझाउन समेत आदेश दिएको हो ।