चीन पुर्याइएका गैंडालाई नेपालकै खाना
२८ असार २०७५ मा नेपालले चीन सरकारलाई उपहार दिएका गैंडालाई नेपालकै खानेकुरा खुवाइएको छ ।
नेपालले दिएका गैंडालाई चीनको गोन्जाओ स्थित चेमलोङ पार्कमा राखिएको छ ।
गैंडाको रेखदेख, चिनियाँ प्रतिनिधिलाई रहन सहन तथा हेरालुको काम सिकाउन चीन पुगेका वन्यजन्तु प्राविधिक किरण रिजालका अनुसार एकैपटक चिनमा उत्पादित खाना खान नसक्ने भएकाले ती गैंडालाई नेपालबाटै लगिएको खाना खुवाइएको हो ।
करीब एक महिनालाई पुग्ने दूध र घाँस नेपालबाटै लगिएको छ ।
अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपहार स्वरुप चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेका थिए ।
सोहीअनुसार एक जोडी गैंडा चीन पठाइएको छ भने अर्को जोडी गैंडा छिट्टै पठाइने वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।