पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेती भारतका लागि राजदूत सिफारिस
सरकारले निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ ।
आज, ३२ असारमा बसेको मन्त्रिपरिषदको बैठकले उप्रेतीलाई राजदूत सिफारिस गरेको हो ।
पूर्वराजदूत दीपकुमार उपाध्यायले प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिनका लागि राजीनामा गरेपछि उक्त पद रिक्त थियो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार बैठकले मलेशियाको राजदूतमा उदयराज पाण्डेलाई सिफारिस गरेको छ । पाण्डे यसअघि साउदी अरबको राजदूत भइसकेका छन् ।
संसदीय सुनुवाई समितिले सुनुवाई गरेपछि उनीहरुको नाम एग्रिमोको लागि सम्बन्धित देशमा पठाइने छ ।