इङ्ल्यान्ड पहिलो हाफमा १–० ले पछाडि, मुनियरको कीर्तिमान
काठमाडौं (एजेन्सी)– इङ्ल्यान्ड पहिलो हाफमा १–० ले पछाडि परेको छ। उसले चार मिनेट भित्रै गोल खान पुग्यो। बेल्जियमविरूद्ध तेस्रो स्थानका लागि भइरहेको खेलमा थोमस मुनियरले ३ मिनेट ३७ सेकेन्डमा गोल गर्दै विश्वकपमा सबैभन्दा छिटो गोल गर्ने बेल्जिय खेलाडी बन्न पुगेका छन्। मुनियर फ्रान्सविरूद्ध सेमिफाइनलमा टिमबाट बाहिर थिए। उनी यो खेलमा टिममा फर्किएका हुन्।
उनले नासेर चाड्लीको क्रसमा डिबक्स भित्रबाट गोल गरेका थिए। बेल्जियमले समूह चरणको खेलमा पनि इङ्ल्यान्डलाई १–० ले पराजित गरेको थियो।