ह्यारी केन (इङ्ल्यान्ड)
विश्वकप अन्तर्गत बुधबार राती इङ्ल्यान्ड दोस्रो सेमिफाइनलमा क्रोएसियाविरूद्ध भिड्दै छ। यो खेलमा इङ्लिस टोलीको सफलतामा कप्तान ह्यारी केनको प्रदर्शन महत्वपूर्ण हुने पक्का छ। बेल्जियम पहिलो सेमिफाइनलमा फ्रान्ससँग १–० ले पराजित भएपछि केन ‘गोल्डेन बुट’ को एक मात्र दावेदार बन्न पुगेका छन्। उनलाई ४ गोलले पछ्याइरहेका रोमेलु लुकाकुको टिम प्रतियोगिताबाट बाहिरिएको छ।
केनले प्रतियोगितामा ६ गोल गरिसकेका छन्। उनी अग्रपंक्तिमा कुनै पनि टोलीको रणनीति भंग गर्न माहिर मानिन्छन। केनले पहिलो पल्ट विश्वकप खेलेको पानामाविरूद्ध ह्याट्रिक गोल गरेका थिए। उनले ट्युनिसियालाई पराजित गर्न पनि गोल गरेका थिए। बेल्जियमविरूद्ध विश्राम गरेका केन विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो इङ्लिस खेलाडी पनि हुन्।