गण्डकी नाममा आपत्ति जनाउँदै प्रदेश बन्द
तमुवान–मगराँत संघर्ष समितिले आह्वान गरेको गण्डकी प्रदेश बन्दले जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण आज विहानैदेखि पोखरा र आसपास सार्वजनिक सवारी साधन चल्न सकेका छैनन् । विद्यालय, उद्योगधन्दा पनि ठप्प छन् ।
तमुवान–मगराँत संघर्ष समितिका कार्यकर्ताले विहानैदेखि ठाउँठाउँमा सडकमा उत्रिएर सवारी साधन चल्न दिएका छैनन् ।
सडकमा केही निजी सवारी साधन चलेको देखिए पनि सार्वजनिक सवारी साधन यात्री मर्कामा छन् ।
प्रदेश सभाले २२ असारमा प्रदेशको नाम गण्डकी राख्ने निर्णय गरेपछि संघर्ष समितिले आन्दोलनको घोषणा गरेको थियो ।
बन्द गराउनेहरुले प्रदेशको नाम परिवर्तन नगरिए अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएका छन् ।
संघर्ष समितिको बन्दलाई नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम र देशभक्त जनतान्त्रिक मोर्चाले समर्थन जनाएको छ ।
युवराज श्रेष्ठ, पोखरा