८ मिनेटमा क्रोएसियाले गोल फर्कायो
काठमाडौं (एजेन्सी)– क्रोएसिया पहिलो गोल खाएको ८ मिनेटमै खेलमा फर्किएको छ। मान्डुज्किचको पासमा आन्द्रेज क्रामारिचले ३९ मिनेटमा गोल गरेपछि क्रोएसिया खेलमा फर्किएको हो। क्रामारिचको विश्वकपमा पहिलो गोल थियो।
यसअघि ३१ मिनेटमा डेनिस चेरिसेभको उत्कृष्ट गोलका कारण रुसले अग्रता लिएको थियो। उनले डिबक्स बाहिरबाटै उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए।