पहिलो हाफमा इङ्ल्यान्डको १–० गोल अग्रता
काठमाडौं (एजेन्सी)– ह्यारी म्याग्वायरले ३० मिनेटमा गरेको गोलका कारण पूर्व विश्व विजेता इङ्ल्यान्डले विश्वकपको क्वाटरफाइनलअन्तर्गत स्विडेनविरूद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ।
२५ वर्षीय म्याग्वायरले ‘सेट पिस’ मा हेडिङमार्फत गोल गरेका थिए। उनले यङको कर्नर किकमा गोल गरेका हुन्। म्याकवायरको यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो।
स्विडेनले विश्वकपको पहिलो हाफमा पछाडि परेको खेल अहिलेसम्म जित्न सकेको छैन। हालसम्म ११ खेलमा पहिलो हाफमा पछाडि परेको स्विडेनले ९ खेलमा पराजय र २ खेललाई मात्र बराबरीमा राख्न सफल भएको छ।