ह्यारी केन (इङ्ल्यान्ड)
स्विडेनविरूद्ध आज हुने खेलमा इङ्लिस कप्तान ह्यारी केन महत्वपूर्ण बन्ने पक्का छ। उनले विश्वकपको ४ मध्ये तीन खेलमा ६ गोल गरिसकेका छन् र ‘गोल्डेन बुट’ को एकमात्र दावेदारको रुपमा देखिएका छन्।
टोटेनहमका यी स्टार स्ट्राइकरले विश्वकपमा तीनवटा गोल पेनाल्टीबाट गरेका छन्। जुन बुल्गेरियाका पूर्व स्टार हिस्टो स्ट्रोइचकोभको कीर्तिमान बराबरी हो। सन् १९९४ को विश्वकपमा स्ट्रोइचकोभले पनि पेनाल्टीबाट तीनवटा गोल गरेका थिए।
केन आफ्ना पूर्व स्टार ग्यारी लिनेकरपछि विश्वकपमा ६ गोल गर्ने दोस्रो खेलाडी हुन्। लिनेकरले १९८६ को विश्वकपमा ‘गोल्डेन बुट’ जित्दा ६ गोल गरेका थिए। केनले यो विश्वकपमा विपक्षी गोल पोस्टमा हानेको ६ वटै बल गोलमा परिणत भएको छ। त्यसैले उनको गोल गर्ने क्षमताको निकै तारिफ भएको छ। उनले बेल्जियमविरूद्ध एउटा खेलमा विश्राम लिएका थिए। तर, कोलम्बियाविरूद्ध टिममा फर्किएका केनले निर्धारित ९० मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुको साथै पेनाल्टी सुटआउटमा पनि अर्को गोल गरेका थिए।